३० बैशाख २०८२, मंगलवार

 

पेट्रोलमा डिजल मिसाउने पम्प सिल, मोटरसाइकलको इन्जिन बिग्रिएपछि खुल्यो रहस्य

वीरेन्द्रनगरस्थित शंकर आयल स्टोर्स सिल गरिएको छ । वीरेन्द्रनगरको धुलियाविटमा रहेको उक्त आयल स्टोर्सले पेट्रोलमा मिसावट गरी बिक्री गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले सिल गरेको हो ।

सञ्चालकले पेट्रोलमा डिजेल मिसावट गरेको इन्धन बिक्री गर्दा मोटरसाइकलको इन्जिनमै खराबी देखिएपछि प्रशासनमा उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा पम्पमा अनुगमनमा गएको टोलीले अर्को आदेश नभएसम्मका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्सेर राणाले जानकारी दिए ।

उक्त मिसावट भनिएको इन्धनको नमूना परीक्षणका लागि नेपाल आयल निगम काठमाडौं पठाइएको छ।

यता, आयल स्टार्सका सञ्चालक डम्मर महताराले डिजल ट्यांकरबाट खन्याउँदा भुलबस पेट्रोलको ट्यांकीमा राखिएकाले मिसिन पुगेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung