
वाणिज्य बैंकहरूले कर्जा र निक्षेप दुवैको ब्याजदर घटाएका छन् । बैंकहरूले लिने कर्जाको ब्याजदर घटेर औसत १०.१८ प्रतिशतमा झरेको छ । गत वर्षको भदौमा कर्जाको औसत ब्याजदर ११.९७ प्रतिशत थियो ।
बैंकहरूको आधारदर घटेपछि ब्याजदर कम भएको हो । भदौसम्म वाणिज्य बैंकहरूको औसत आधार दर घटेर ७.८३ प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा आधारदर ९.५३ प्रतिशत थियो ।
यस्तै वाणिज्य बैंकहरूको निक्षेपमा दिइने भारित औसत ब्याजदर ५.६१ प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा निक्षेपको ब्याजदर ६.८० प्रतिशत थियो ।