३० बैशाख २०८२, मंगलवार

 

बैंक अफ काठमान्डुले ल्यायो ‘तीनमा तीन सय’ उपहार योजना

बैंक अफ काठमान्डु (बीओके) ले ‘तीनमा तीन सय’ नगद उपहार योजना ल्याएको छ । दसैंको उपलक्ष्यमा बैंकले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने गरी यो योजना ल्याएको हो । दसैंमा साधारणतया मान्यजनबाट आशीर्वाद लिई दक्षिणास्वरूप पैसा लिनेदिने चलन छ ।

कोरोनाका बेला व्यक्तिगत दूरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंकले नयाँ योजना ल्याएको विज्ञप्तिमा उल्लेख छ । योजनाअनुसार बैंकका ग्राहकले तीनपटक भिन्नभिन्न व्यक्तिलाई बैंकको मोबाइल बैंकिङ प्रयोग गरी दक्षिणा प्रदान गर्दा एक हजार रुपैयाँ वा त्यसभन्दा बढी भएमा ३ सय रुपैयाँ नगद उपहार प्राप्त हुनेछ ।

यसका लागि ग्राहकले बीओकेको मोबाइल बैंकिङको प्रयोग गरी कम्तीमा ३ पटक रकमान्तर गर्नुपर्नेछ । रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ति फरकफरक हुनुपर्नेछ ।

ग्राहकले दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङमा भएको फोन पेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणास्वरूप रकमान्तर गर्नुपर्नेछ । दक्षिणा कारोबारको विवरणमा ‘दक्षिणा’ उल्लेख गर्नुपर्नेछ । क्यासब्याक पाउन विजयादशमीको दिनबाट रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung