
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ खहरेकी दीपा घर्तीको उपचारका लागि आर्थिक सहयोग जुटेका छ । नेपाल कम्युनिस्ट पार्टी ९ नेकपाका नेता तथा कार्यकर्ताको सहयोग र नेकपा गण्डकी प्रदेश सदस्य एवम् अन्तरपाटी महिला संजाल बागलुङकी अध्यक्ष कुसुम घर्तीको संक्रियतामा सहयोग रकम हस्तान्तरण गरिएको छ ।
गत बैशाख १४ गते भीरबाट लडेर नम बहादुर घर्तीकी छोरी दीपा घर्ती अहिले पाल्पाको मिसन अस्पताल उपचार गराइरहेकी छन् । संजालकी अध्यक्ष घर्तीले घरमै पुगेर दीपाको उपचारार्थ ७२ हजार नगद र १० हजार बराबरको खाद्यान्न हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा पूर्व वडाध्यक्ष गुणानिधि आर्चाय विद्या प्रकाश माविका अध्यक्ष ज्ञानेश्वर आचार्य भक्त सुवेदीलगायतको उपस्थिति रहेको थियो ।