
ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत हुने भएको छ । बैंकको ५४.३५ मध्ये ३.३५ प्रतिशत संस्थापक सेयर साधारणमा परिणत गर्न लागिएको हो । यसका लागि बैंकको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि मात्रसंस्थापक सेयर साधारणमा परिणत हुने बैंकले जनाएको छ । केन्द्रीय बैंकको एकिकृत निर्देशनअनुसार संस्थापक सेयर सर्वसाधारणमा परिणत हुन लागेको हो ।