३ जेष्ठ २०८१, बिहीबार

 

पूर्वसभामुख महराकी पत्नी सीताको निधनमा दाहालद्वारा शोक व्यक्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शोकवक्तव्य जारी गर्दै उनले परिवारजनप्रति समवेदना जनाएका छन् ।

सीताको बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनी विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । दसैँमा पुख्र्याैली घर रोल्पा, मेबाङ गएका बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक हस्पिटलमा पीसीआर टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ । सीताको जन्म २०१८ साउन १३ गते रोल्पाको गजुल, धौलेगाउँमा भएको थियो । कृष्णबहादुर महरासँग उनको विवाह २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्