३ जेष्ठ २०८२, शनिबार

 

कुनै पनि परिस्थितिमा राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । आफूले राजीनामा दिए देश बर्बादीतिर जाने उनले दाबी गरेका छन् ।
बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् ।

पछिल्लो समय ओलीलाई पार्टीभित्रैबाट राजीनामा दिन दबाब छ । ‘तपाईंहरू विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरा लागि होइन, देशका लागि । मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो ।

त्यस कारण म राजीनामा दिनेवाला छैन,’ उनले भने, ‘त्यो मैले दोहो¥याएर भनेको छु, फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । कुनै पनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुबिधामा नपर्नसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung