४ जेष्ठ २०८१, शुक्रबार

 

महासंघमा ढकाल प्यानललाई १ नम्बर प्रदेशको पनि पूर्ण समर्थन

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका क्रममा देश दौडाहामा रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई १ नम्बर प्रदेशका ५२ वटा जिल्लानगर अध्यक्षहरूले समर्थन गरेका छन् । ढकाल प्यानललाई १ नम्बर प्रदेशद्वारा आयोजित स्वागत कार्यक्रममा विभिन्न जिल्ला तथा नगर अध्यक्षहरूले उपस्थित भएर समर्थन गरेका हुन् ।

उक्त कार्यक्रममा १ नम्बर प्रदेशका १७ जिल्ला तथा नगरका अध्यक्षहरूले उपस्थित भएर स्वागत गरेका थिए भने अन्यले स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको जानकारी गराउँदै समर्थनसहितको सन्देश पठाएका थिए ।

महासंघ प्रदेश नम्बर १ अन्तर्गतका जिल्ला–नगर उद्योग वाणिज्य संघको आयोजनामा धनकुटाको भेडेटारमा बिहीबार आयोजित कार्यक्रम शुक्रबार पनि निरन्तर रहने जनाइएको छ ।

उक्त कार्यक्रममा विभिन्न जिल्लानगरका अध्यक्ष, वस्तुगततर्फका अध्यक्ष तथा एसोसिएट्स सदस्य गरी सयभन्दा बढी उद्योगी–व्यवसायीको सहभागिता रहेको आयोजकले जानकारी दिएका छन् ।

भेलामा व्यावसायिक हित, महासंघको संस्थागत विकास र देशको अर्थतन्त्र चलायमान् बनाउन र उद्योगी–व्यवसायीका समस्या र माग समयमै सरोकारवालासम्म पुर्याउन आफू कटिबद्ध भएर लाग्ने उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्