३१ बैशाख २०८२, बुधबार

 

महासंघ चुनाव : प्रधानलाई एकै दिन ३० भन्दा बढी जिल्लानगरको समर्थन

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई एकै दिन ३० भन्दा बढी जिल्लानगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । जनकपुरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्लानगरका अध्यक्षहरूले मतदान गरेर जिताउने निर्णय गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले ३० भन्दा बढी जिल्लाका अध्यक्षहरूले प्रधान र उनको समूहलाई जिताउन मतदान गर्ने सहमति जुटाई सोहीअनुसार निर्णय गरेको बताए । महासंघका आगामी अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि दुई कार्यकाल कटिबद्ध भएर काम गर्ने वातावरण बनाउन प्रधानलाई जिताउने निर्णय भएको उनको भनाइ छ ।

६ वर्षे कार्यकाल तयार गरी निर्धक्क भएर काम गर्ने वातावरण बनाउन पनि प्रधानलाई जिताउनुपर्ने जिल्लानगरका अध्यक्षहरूको भनाइ छ । प्रदेश १ र २ को कुल मतमध्ये ९९ प्रतिशत मत प्रधानपक्षले पाउने साहले बताए ।

प्रधान समूहलाई मत दिने प्रतिबद्धता जनाउने जिल्लानगर अध्यक्षमा जनकपुरधाम उद्योग वाणिज्य संघ ललितशाह, अध्यक्ष, धुलिखेल उद्योग वाणिज्य संघ मञ्जुकुमार कोजु, अध्यक्ष, सप्तरी उद्योग वाणिज्य संघ अरुणकुमार प्रधान, अध्यक्ष, उद्योग वाणिज्य संघ मलंगवा, उद्योग वाणिज्य संघ सर्लाही वीरेन्द्रप्रसाद शाह, अध्यक्ष, गौशाला उद्योग वाणिज्य संघ रामराजाप्रसाद शाह, अध्यक्ष, जलेश्वर उद्योग वाणिज्य संघ

कृपाशंकर साह, अध्यक्ष, महोत्तरी उद्योग वाणिज्य संघ मोहनप्रसाद गुप्ता, अध्यक्ष रहेका छन् । यस्तै वीरगञ्ज उद्योग वाणिज्य संघ गोपाल केडिया, अध्यक्ष, इनरुवा उद्योग वाणिज्य संघ वीरेन्द्र शाह, अध्यक्ष, जाजरकोट उद्योग वाणिज्य संघ कर्णबहादुर खत्री, अध्यक्ष, सुर्खेत उद्योग वाणिज्य संघ धनबहादुर रावत, अध्यक्ष लगायत छन् ।

उदयपुर उद्योग वाणिज्य संघ पुष्कर खड्का, अध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघ, लहान उद्योग वाणिज्य संघ, सिरहा उद्योग वाणिज्य संघ प्रमोद कुमार पोहार, अध्यक्ष र धनकुटा उद्योग वाणिज्य संघले पनि प्रधान समूहलाई नै सघाउने औपचारिक निर्णय गरेका छन् ।

चरिकोट उद्योग वाणिज्य संघ, दोलखा इन्द्रबहादुर श्रेष्ठ, अध्यक्ष, उर्लाबारी उद्योग वाणिज्य संघ, मोरङ प्रीतम खड्गी अध्यक्ष, दमक उद्योग वाणिज्य संघ गोकुल श्रेष्ठ, अध्यक्ष, मेचीउद्योग वाणिज्य संघ ऋषि तिम्सिना, अध्यक्ष, कपिलवस्तु उद्योग वाणिज्य संघ, यज्ञ प्रसाद भट्टराई, नि अध्यक्ष, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र बारा उद्योग वाणिज्य संघले प्रधान र उनको समूहलाई विजयी गराउने प्रतिबद्धता जनाएका छन् । रौतहट र बर्दिबास जिल्ला उद्योगा वाणिज्य संघले पनि प्रधानलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौं उद्योग वाणिज्य संघबाट भने अध्यक्ष दिनेश श्रेष्ठ महासंघको जिल्लानगर उपाध्यक्षमा उम्मेदवार नै भएका कारण प्रधान समूहलाई स्वतः समर्थन छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्याशी प्रधानले आफू जिल्लानगरबाट नै महासंघको नेतृत्वमा पुग्न लागेकाले जिल्लानगरतर्फका समस्यामा केन्द्रित हुने प्रतिबद्धता जनाए ।

आफू जिल्ला नगरका सबै किसिमका विषय र समस्यासँग परिचित भएकाले त्यस्ता समस्या समाधानमा पहलकदमी लिन आफूले मात्र सक्ने उनको भनाइ थियो । महासंघलाई नयाँ उचाइ दिन जिल्लादेखि नै काम गर्दै जानुपर्ने भन्दै प्रधानले आफू त्यसको एक मात्र विकल्प भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung