
एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ करोड १४ लाख रुपैयाँले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेपछि खुद नाफामा केही सुधार हुन पुगेको हो ।
पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ४ करोड ६६ लाख ६५ हजार रुपैयाँ मात्र छ । खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी बढेर ४२ रुपैयाँ १४ पैसा पुगेको छ ।
सो अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ७१ पैसा छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ९८ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ६ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ जम्मा भएको छ । बैंकको निक्षेप २ खर्ब १ अर्ब ६३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।