६ जेष्ठ २०८१, आईतवार

 

वागमती सरकारले माग्यो २६ कर्मचारी (सूचनासहित)

वागमती प्रदेश सरकारले २६ कर्मचारी करारमा नियुक्त गर्न दरखास्त आह्वान गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले विभिन्न जिल्लामा रहेका आयोजनाका लागि इन्जिनियर माग गरेको हो ।

सूचनाअनुसार अधिकृत सातौँ तहको हाइवे उपसमूहका १८ र इन्जिनियर सातौं तहकै बीएन्डआर उपसमूहका ८ सिभिल इन्जिनियर माग गरिएको छ । इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्