४ जेष्ठ २०८१, शुक्रबार

 

महासंघ निर्वाचन : ६३ सिटमा १२७ जना भिड्दै

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ ।

महासंघको निर्वाचन समितिले शुक्रबार बिहान अन्तिम नामावली सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपाने, निर्वाचन अधिकृतद्वय लीलामणि पौडेल र रमणकुमार कर्णले सार्वजनिक गरेको सूचीअनुसार ६३ सिटका लागि १२७ जनाको उम्मेदवारी परेको छ ।

आगामी ११ देखि १३ सम्म वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरूमा काठमाडौंमा निर्वाचन हुँदै छ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा वैधानिक व्यवस्थाअनुसार स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी पदहरूमा निर्वाचन हुनेछ ।

महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवार भने निर्विरोध निर्वाचित भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट उम्मेदवारी दिएका सन्दीप अग्रवाल निर्विरोध चयन भएका हुन् ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ । गत चैतमा हुनुपर्ने साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण हुन सकेको थिएन । आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दै छन् भने एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र सौरभ ज्योति तथा जिल्ला÷नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

हेर्नुस् को-को छन् उम्मेद्वार ?

 

प्रतिक्रिया दिनुहोस्