१ जेष्ठ २०८२, बिहीबार

 

शिवम् सिमेन्टको उद्योगमा आगलागी

हेटौंडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ। विद्युत् प्रवाह चुहावट भइ उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए। स्थानीयवासी, प्रहरी, उद्योगका कर्मचारी र हेटौंडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung