४ कार्तिक २०८३, मंगलवार

 

कोरोना परीक्षणका लागि टोल–टोलमा मोबाइल भ्यान

कोरोना भाइरस रोकथाम र उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चान शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौंमा कोरोनाको जोखिम थप बढेकाले महानगरपालिकाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब संकलन शुरु गरेको हो ।

सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको शुरु अवधिदेखि नै कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लागिरहेको बताउँदै थप प्रभावकारी बनाउनका लागि नाष्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब संकलनको काम शुरुआत गरिएको जानकारी दिए ।

नेपाल सरकारले तोकेको मापदण्डभित्र परेका नागरिक र कन्ट्रयाक्ट टे«सिङमा परेका शंकास्पद व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने कामपा लागिपरेको बताइएको छ । शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमबार महानगरपालिकाको वडा नम्बर १३ मा स्वाब संकलन गरिएको छ भने आजदेखि अन्य वडामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung