१५ बैशाख २०८१, शनिबार

 

कोभिडको जेएन. १ सब-भेरिअन्ट कति खतरनाक छ ?

नेपालमा कोरोनाभाइरस ओमिक्रोन भिरिअन्टको सब-भेरिअन्ट जेएन.१ भेटिएपछि नेपाली नाकाहरू र अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी तथा कडाइ गर्ने कार्य थप बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीले बताएका छन्।

मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक ओमिक्रोनको उक्त सब-भेरिअन्ट फेला परेको सोमवार पुष्टि भएको हो।

मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट सङ्कलित १६ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सात वटामा उक्त सब-भेरिअन्ट भेटिएको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजन पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मिति २०८०र९र२२ मा गरेको पछिल्लो जिन सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब-भेरिअन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएको जानकारी गराउँदछौँ।”

भारत र चीनमा देखिएको कोभिडको जेएन.१ प्रजातिबारे नेपालमा कस्तो सतर्कता ?

यसअघि मन्त्रालयले १२ वटा नमुनाहरू परीक्षणका लागि पठाउँदा ती नमुनामा भने उक्त सब-भेरिअन्ट पुष्टि भएको थिएन।

मन्त्रालय के गर्दैछ ?

नयाँ सब-भेरिअन्ट भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड नियन्त्रणका लागि महामारीका बेलामा चालेका सबैखाले कदमहरू चाल्न सुरु गरेको प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए।

उनले भने, “हामीले पहिले महामारीका बेलामा अपनाएका सबै उपायहरू पुनस् सक्रिय बनाउने निर्णय गरेका छौँ र त्यसै अनुसार काम भइरहेको छ।”

उनका अनुसार नेपालमा ९२ प्रतिशतले बुस्टर मात्रासहित खोप लगाइसकेकाले यो सब(भेरिअन्टले धेरै असर नपार्ने ठानिएको छ।

“यो कम घातक खालको सब-भेरिअन्ट हो, तर पनि दीर्घरोगी र ज्येष्ठ नागरिकहरूलाई धेरै असर पर्नसक्ने भएकाले हामीले निगरानीलाई बढाउनुपर्नेछ,” उनले भने।

“त्यस अनुसार नाकाहरूमा स्क्रिनिङ र निगरानीको काम भइरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा पनि निगरानी भइरहेको छ।”

नयाँ सब-भेरिअन्ट भेटिएका व्यक्तिहरू कहाँका हुन्रु ?

उनका अनुसार अहिले नयाँ सब-भेरिअन्टको सङ्क्रमण पुष्टि भएका व्यक्तिहरू काठमाण्डू, पोखरा, चितवन, भक्तपुर, धनगढी लगायतका क्षेत्रका हुन्।

उनीहरू विदेशबाट आएको वा विदेशबाट हालै फर्केका व्यक्तिको सम्पर्कमा रहेको वा नरहेकोबारे मन्त्रालयले बुझ्न थालेको उनले बताए।

सङ्क्रमितमध्ये कोही पनि अस्पताल भर्ना हुनुपर्ने अवस्थाका नरहेको बुढाथोकीले जानकारी दिए।

मन्त्रालयले सङ्क्रमणबाट बच्न सर्वसाधारणलाई आग्रह पनि गरेको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ सङ्क्रमण र सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि हामी सबै जनस्वास्थ्यको मापदण्डहरू ९भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन० अनिवार्य रूपमा पालना गर्न गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सबैमा अपिल गर्दछ।”

जेएन.१ भेरिअन्ट के हो ?

विश्व स्वास्थ्य सङ्गठनले कोभिडविरुद्ध मान्यता पाएका खोपहरूले यो उपप्रजातिको जोखिम कम गर्ने भए पनि थप अध्ययन आवश्यक रहेको उल्लेख गरेको छ।

उसले निगरानी गरिरहेको यो भेरिअन्ट सबैभन्दा पहिले अमेरिकामा पत्ता लागेको थियो।

तीव्र सङ्क्रमणदर रहेको यो भाइरस हालसम्म नेपालका छिमेकी भारत र चीनसहित विश्वका ४० भन्दा धेरै देशहरूमा फैलिसकेको विवरण आएका छन्।

यो भेरिअन्ट अहिले अमेरिकामा सबैभन्दा तीव्र गतिमा फैलिरहेको छ र १५ देखि ३० प्रतिशत सङ्क्रमितहरूमा यो भेरिअन्ट देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले अहिले यसको जोखिमदर कम रहेको जनाएको छ। यद्यपि अधिकारीहरूले स्वास्थ्यको जोखिम समूहमा रहेका व्यक्तिहरूमा जोखिम हुन सक्नेतर्फ सचेत गराएका छन्।

यो भेरिअन्टले यसअघिका प्रजातिको भन्दा मानिसहरूमा थप स्वास्थ्य जटिलता देखिएको विवरण हालसम्म आएका छैनन्।

जाडोयाममा श्वासप्रश्वाससम्बन्धी अन्य समस्या पनि बढ्ने गरेका कारण सचेत रहनुपर्ने अधिकारीहरू बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठनले जाडो याम सुरु हुन लागेका देशहरूमा यसले सङ्क्रमण बढाउन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ।

अस्पताल भर्ना हुँदै कोभिडका बिरामी

यसअघि कोभिडको नयाँ सब-भेरिअन्ट हुनसक्ने लक्षणसहितका बिरामीहरू भर्ना हुनुपर्नेसम्मको अवस्थामा अस्पताल आइपुगेको चिकित्सकहरूले बीबीसीलाई बताएका थिए।

रुघाखोकी वा ज्वरोजस्तो कोभिडको लक्षण देखिएका बिरामी लामो समयसम्म पनि निको नभएपछि अस्पतालमा उपचारका लागि आउने गरेको एक चिकित्सकले बताएका हुन्।

ती बिरामीमा सङ्क्रमण देखिएको र उनीहरूलाई भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए।

ूकोभिडको उपचार गर्न आएर सङ्क्रमण पुष्टि भएका बिरामीको परिवारका अन्य सदस्यको पनि परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ,ू टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुसन्धान एकाइका संयोजक डाक्टर शेरबहादुर पुनले सोमवार बीबीसीसँग भने।

ूभर्ना भएरै उपचार गर्ने बिरामीको सङ्ख्या धेरै नभए पनि बिरामीलाई आइसीयूमै राखेर उपचार गर्नुपर्ने भनेको यसलाई पूर्ण रूपमा बेवास्ता गर्न सकिँदैन।

नेपालमा अहिले कोरोनाभाइरसविरुद्धको खोप कति सङ्ख्यामा छ ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले सरकारसँग ९ देखि १० लाख सङ्ख्यामा कोरोनाभाइरसविरुद्धको खोप मौज्दात छ।

खोप केन्द्रहरूमा खोप लगाउन आउने मानिस नै नभएका कारण माग नआएको प्रवक्ता बुढाथोकी बताउँछन्।

सरकारसँग ती बाहेक कोरोनाभाइरसविरुद्धको करिब ४० लाख सिनोभ्याक्स खोप नष्ट गर्नुपर्ने भएकोले त्यसबारे अहिले काम भइरहेको मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसविरुद्ध ती खोप(सिनोभ्याक्स)हरू केवल बूस्टरका रूपमा मात्रै प्रयोग गर्न मिल्ने तर पहिलो वा दोस्रो डोजका रूपमा प्रयोग गर्न नमिल्ने भनेपछि ती खोपहरू कसरी व्यवस्थापन गर्ने भनेर तयारी गरिरहेको प्रवक्ता बुढाथोकीले बताए।

ती खोपहरू उतै पठाउन सकिन्छ कि भनेर पनि कोसिस गर्‍यौँ तर उता पनि पहिलो र दोस्रो डोज खोप लगाइसकेको पाइयो। त्यसैले अब मानिसहरूलाई असर नगर्ने गरी कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसको तयारी विज्ञहरूसँग बसेर गर्छौँ, उनले भने।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्