२७ बैशाख २०८१, बिहीबार

 

ऐतिहाँसिक गोलकोत कोतघरलाई नेपाली सेनाद्वारा जिर्णोद्वार गरिदै

गलकोट नगरपालिका ३ मा रहेको ऐतिहाँसिक तथा धार्मिक पर्यटकीय गन्तव्य गोलकोत कोतघरलाई नेपाली सेनाले जिर्णोद्वार तथा मर्मत सम्भार गर्ने भएको छ ।

त्यहाँ रहेका पुराना हात हतियारको संरक्षण सँगै कोतघरको सम्वर्द्वन गरी पर्यटन प्रर्वद्वन गर्न कोतघर जिर्णोद्वार गर्न लागिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष खत्रीका अनुसार नेपाली सेनाको उक्त बजेट सहित स्थानिय जनश्रमदान गरि सहित झण्डै १५ लाखको लागतमा कोतघर जिर्णोद्वार गरिने छ ।

पुरानो कोत घर जिर्ण बन्दै गएकोले कोतघरको संरक्षण सम्वर्द्वन गर्ने उद्येश्यले जिर्णोद्वार गर्न लागिएको गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले बताउनुभयो ।

नेपाली सेनाको द्रुत प्रभाव परियोजना (क्युआइपी) जनहित कार्यक्रम अन्तर्गत गलकोट नगरपालिकाले तयार गरेको प्राविधिक स्टिमेट अनुसार ९ लाखको लागतमा जिर्णोद्वार कार्य गरिने श्री मेहर गण घोडाबाँधे बागलुङका प्रमुख सेनानी धन रानाले जानकारी दिनुभयो ।

कोतघरमा जिर्णोद्वार तथा मर्मत सम्भारमा राख्नका आवश्यक पर्ने सामाग्रीका लागि वडा कार्यालय र गोलकोत मन्दिर व्यवस्थापन समिति सँग आवश्यक समन्वय गरिने क्याप्टेन दर्गा बहादुर थापाले बताउनुभयो ।

गोलकोत कोतघर घुम्न आउने पर्यटकलाई सहजै जानकारी दिने उद्देश्यले कोतघरमा हतियारका साथै पुर्खाले अङ्ग्रेजसँग लड्दाका बेला प्रयोग भएका सामग्री राखिने छ ।

जिर्णोद्वारको काम वैशाख अन्तिम साता देखि शुभारम्भ गर्ने गरि समझदारी गरिएको बताईएको छ । नागरिक सैनिक सम्बन्ध सुदृढ गर्न र जनताको आवश्यकतामा प्रत्यक्ष सहयोग गर्न नेपाली सेनाले समय समयमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्