२१ बैशाख २०८१, शुक्रबार

 

अन्तर्राष्ट्रिय गोष्ठीमा लेनिनको योगदानमाथि चर्चा

काठमाण्डौ । लेनिन स्मृति शतवार्षिकी मूल आयोजक समितिको आयोजनामा सोमबारदेखि काठमाडौंमा लेनिनको योगदानबारे चर्चा गर्न अन्तर्राष्ट्रिय गोष्ठी सुरू भएको छ । गोष्ठीमा डा. महेश मास्के, टंक कार्की ,जोयदिप भट्टाचारएजि, हरि रोका, अभिनव सिन्हा लगाएतले कार्यपत्र प्रस्तुत गरेका छन् ।

उहाँहरूको कार्यपत्रमाथि अधिवक्ता करूणा पराजुली, झलक सुवेदी, रोशन जनकपुरी, धमेन्द बस्तोला, रामराज रेग्मी, संगीत स्रोता, श्याम श्रेष्ठले  टिप्पणी गर्नु भएको थियो ।

लेनिनको मृत्यु भएको सय वर्ष भएको सन्दर्भ पारेर हामीले उहाँका विचार, योगदान र शिक्षाहरुका बारेमा गोष्ठीमा गहन छलफल गरेको शतवार्षिकी समितिका संयोजक निनु चापागाईंले जानकारी दिनु भयो ।गोष्ठीमा भारत, चीन र बंगलादेशका माक्र्सवादी चिन्तकहरुको सहभागिता रहेको छ।

कार्यक्रममा नेपाली समाजका सन्दर्भमा आजका राजनीतिक संकटको निकास खोज्न र विश्व समाजवादी क्रान्तिमा लेनिनवादको सान्दर्र्भिकताको बारेमा गहन छलफल भएको समितिका सदस्य हरि रोकाले बताउनु भयो ।

कार्यक्रममा सुसेला संगीत समूहले प्रगतिशिल गीत प्रस्तुत गेरेका थियो भने कवि बलराम तिमिल्सिना र विनोद विक्रम केसीले कविता प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्