२८ बैशाख २०८१, शुक्रबार

 

आमाको चौरासी पूजामा क्याम्पस र कल्याण कोषलाई तीन लाख बढी सहयोग

बागलुङ । काठेखोला गाउँपालिका–८ लेखानीका अध्यक्ष प्रमानन्द कँडेलले आमाको चौरासी पूजाका अवसरमा धवलागिरि क्याम्पस र कर्लिम कल्याण कोषलाई सहयोग गर्नु भएको छ ।

कँडेलले आमा भिमादेवी कँडेलको चौरासी पूजामा स्वर्गीय बाबा त्रिलोचन कँडेल, हजुरबुबा पुरुषोत्तम कँडेल र हजुरआमा अप्सरादेवी कँडेलको स्मृतिमा स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसले चलाएको छात्रवृत्ति कोषलाई दुई लाख ५१ हजार र कर्लिम कल्याण कोषलाई ५१ हजार सहयोग गर्नु भएको हो ।

लामो समयदेखि समाजिक काममा सक्रिय बन्दै आउनु भएका अध्यक्ष कँडेलले क्याम्पसको शैक्षिक सुधारमा टेवा पु¥याउने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।

उक्त रकम गण्डकी प्रदेशका पूर्व पर्यटन मन्त्री मणिभद्र कँडेलले क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गर्नु भएको थियो । कर्लिम कल्याण कोषमार्फत जिल्लाभरका विपन्न बालबालिकाले अध्ययन गर्न पाएका छन् । कोषले थप विद्यार्थीलाई सेवा पु¥याउन सकोस् भन्ने हिसाबले सहयोग गरेको अध्यक्ष कँडेलले बताउनुभयो ।

उहाँले यसभन्दा अगाडि लेखानी माविलाई ३ लाख, भिमशेन क्याम्पसलाई एक लाख पाँच हजार, अमर क्याम्पसलाई एक लाख पाँच हजार, सवस्वती प्रावि लेखानी २० हजार काँसिराम छन्त्याल प्राविमा २० हजार लगायत विभिन्न शैक्षिक संस्थाहरुमा सहयोग गर्दै आउनु भएको थियो ।

कँडेलले शैक्षिक क्षेत्रको विकासका लागि आफ्नो सानो सहयोगले थोरै भए पनि सुधार हुने बताउनुभयो । उहाँले भन्नुभयो – ‘म शैक्षिक सुधार गर्नु पर्छ भन्ने मान्यता राख्छु, धेरै पहिलेदेखि विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरुमा सहयोग गर्दै आएको छु, यस पटक आमाको चौरासी पूजाका अवसरमा मेरो बाबा, बजुरबा र हजुरआमाको स्मृतिमा धवलागिरि क्याम्पस र कर्लिम कल्याण कोषलाई सानो रकम उपलब्ध गराएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्