७ जेष्ठ २०८१, सोमबार

 

फलेवास नगरमा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न

बागलुङ । फलेवास नगरपालिकाको कार्यालयले नगर स्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम आयोजना गरेको छ ।

समृद्ध नेपालको लागि स्वस्थ, कर्मठ र उद्यमी युवा भन्ने मूल नाराका साथ आयोजना गरिएको नमुना युवा संसद अभ्यास कार्यक्रममा ११ वटा वडाबाट तीन तीन जना प्रतिनिधिहरुले भाग लिएका थिए ।

कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्री, नगर प्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकीय अधिकृत नारायण आचार्यले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नमुना युवा संसद अभ्यास कार्यक्रममा वडाबाट आएका प्रतिनिधिहरुले आ आफनो अनुभव सुनाएका थिए ।

कार्यक्रममा प्रशिक्षक प्रदेश युवा सञ्जालका अध्यक्ष नविन अधिकारीले र शिक्षक विवेक त्रिपाठीले प्रशिक्षण दिनु भएको थियो ।

नमुना संसद अभ्यास कार्यक्रममा नगर प्रमुख रविना थापा, उपप्रमुख उमा रेग्मी बनेकी थिइन् भने सचिवमा निसान कुँवर बनेका थिए । फलेवास नगर युवा सञ्जालको अध्यक्षमा रविना थापा, उपाध्यक्षमा उमा रेग्मी र सचिवमा निसान कुँवर चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्