१ कार्तिक २०८३, शनिबार

 

कांग्रेस बागलुङ क्षेत्र नं. १ अन्तर्गत चार पालिका र दुई प्रदेशसभा क्षेत्रमा सभापति सर्वसम्मत

बागलुङ । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नं १ मा चार पालिका र दुई प्रदेशसभा निर्वाचन क्षेत्रको सभापति सर्वसम्मत चयन भएका छन्।

शुक्रबार सम्पन्न अधिवेशनबाट बागलुङ नगरपालिकाको सभापतिमा युवराज राजभण्डारी, जैमिनी नगरपालिकाको सभापतिमा वैकुण्ठ आचार्य, काठेखोला गाउँपालिकाको सभापतिमा प्रेम थापा र बरेङ गाउँपालिकाको सभापतिमा पूर्णप्रसाद न्यौपाने चयन हुनुभएको हो।

त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत बागलुङ–१ (क) को सभापतिमा ओमबहादुर थापा र बागलुङ–१ (ख) को सभापतिमा ठगबहादुर क्षेत्री चयन हुनुभएको छ।

अधिवेशनबाट पालिका तथा प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्व सर्वसम्मत चयन भएसँगै पार्टीको क्षेत्रीय संगठनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung