२५ भाद्र २०८३, बिहीबार

 

प्रेस युनियन बागलुङको अध्यक्षमा सुवास आचार्य सर्वसम्मत

बागलुङ । नेपाल प्रेस युनियन बागलुङको अध्यक्षमा पत्रकार सुवास आचार्य चयन हुनुभएको छ । बागलुङ शाखाको २६औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले सुवास आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा उषा पौडेल, उपाध्यक्ष छविलाल पाण्डेय, सचिवमा डम्मर बुढामगर, सह–सचिवमा नवराज नेपाली र कोषाध्यक्षमा जेनिसा नायर चयन हुनुभएको छ । सदस्यहरुमा राजु शर्मा, कुशल कँडेल, सुरेश छन्त्याल, तिलक मल्ल, भूमा तरामी मगर चयन हुनुभएको छ ।

प्रदेश महाधिवेशन प्रतिनिधिमा प्रकाश बराल, धनराज सापकोटा, नारायण पौडेल, गणेश नेपाली, त्रिलोचन रिजाल, मञ्जुल शाक्य, सुमन जिसी, राजेन्द्र ढकाल, संगिता शर्मा, शुसिला शर्मा पन्त र गंगा शर्मा चयन हुनुभएको छ ।

सघीय महाधिवेशन प्रतिनिधिमा जगन्नाथ आचार्य, ज्ञानेन्द्र गौतम, श्रीधर कँडेल, नरेश कँडेल, नारायण रिजाल, संगम घर्तीमगर, सुवासराज पन्त, कृष्ण आचार्य, शकुन्तला शर्मा र अनिता पन्त चयन हुनुभएको छ ।

बुधबार बागलुङ बजारस्थित दि सिल्भर पार्टी प्यालेसको सभाकक्षमा सम्पन्न अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल, गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापा, संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेल, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेपाली कांग्रेस बागलुङका पूर्वपार्टी सभापति हरिप्रसाद श्रेष्ठ, नेपाल प्रेस युनियन बागलुङ शाखाका पूर्वसभापति जगन्नाथ आचार्य, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश रमेश पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष नरेश कँडेल, समाजसेवी कर्ण हमाल तथा प्रेस युनियन पर्वतकी अध्यक्ष विष्णु गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल प्रेस युनियन बागलुङ शाखाका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता तथा उपाध्यक्ष सुवास आचार्य र सचिव डम्मर बुढामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung