२० असार २०८३, शनिबार

 

लायन्स क्लब अफ बागलुङ युनियनमा चुडामणि सापकोटाको नेतृत्व, पदस्थापन सम्पन्न

बागलुङ । लायन्स क्लब अफ बागलुङ युनियनले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मण कार्कीले नवनिर्वाचित अध्यक्ष चुडामणि सापकोटालाई औपचारिक रूपमा अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका थिए।

त्यसपछि अध्यक्ष केसीसहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।

कार्यक्रममा क्लबका सदस्य, लायन्सकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा विगत कार्यकालका गतिविधिको समीक्षा गर्दै आगामी कार्यकालमा सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरिएको थियो।

नवनिर्वाचित कार्यसमितिलाई बागलुङ नगरपालिकाका मेयर तथा लायन्स क्लब अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष बसन्त कुमार श्रेष्ठ, जोन चियर पर्सन लक्ष्मण कार्की, डिष्ट्रिक चिफ एक्जुकेटिभ डाइरेक्टर दुर्गा कुँवर, डिष्ट्रिक चिफ एक्जुकेटिभ अनुप रिजाल, जिएलटि कोडिनेटर नारायण आचार्य, डिर्पामेन्ट चिफ दुर्गा श्रीसले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ युनियनका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षता तथा सचिव कुल कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो।

लायन्स क्लब अफ बागलुङ युनियन सदस्यहरूको नेतृत्व विकाससँगै सामाजिक, शैक्षिक, जनस्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रूपमा क्रियाशील रहँदै आएको क्लब हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung