बागलुङ । नेपाल प्रेस युनियन पर्वतको सातौँ अधिवेशनले विष्णु गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा योगराज गिरी र इन्दिरा शर्मा तिवारी, सचिवमा मुनाकुमारी खत्री लामिछाने, कोषाध्यक्षमा पूजा शर्मा पशुपति तथा सहसचिवमा मिना पराजुली चयन हुनुभएको छ।
त्यस्तै सदस्यमा बसन्त बास्तोला, अस्मिता गौतम, सुरेश रेग्मी, सन्तोष पराजुली र खिममाया पाइजा गिरी चयन हुनुभएको छ। निर्वाचन समितिले प्रदेश तथा संघीय प्रतिनिधिसमेत निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो।
अधिवेशनमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशी, नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव दिलीपाश्री अधिकारी, नेपाल प्रेस युनियन गण्डकीका अध्यक्ष टंक अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, प्रदेश उपाध्यक्ष माया अधिकारी, प्रेस युनियनका केन्द्रीय सदस्य प्रदीप पन्त र साजन परियार, प्रेस युनियन पर्वतका संस्थापक विश्वप्रकाश प्रसाईं, ओमप्रसाद घायल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, प्रेस चौतारी नेपाल पर्वतका अध्यक्ष दीपेश पोखरेल, प्रेस सेन्टर नेपाल पर्वतका अध्यक्ष प्रनिश गिरी तथा सञ्चारिका समूहकी अध्यक्ष रञ्जना खत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तमप्रसाद अधिकारीको अध्यक्षता, सचिव सुमनजंग थापाको सञ्चालन र उपाध्यक्ष विष्णु गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।
















































































































































































