१ कार्तिक २०८३, शनिबार

 

कांग्रेस बागलुङ नगर सभापतिमा युवराज राजभण्डारी सर्वसम्मत

बागलुङ । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत बागलुङ नगरपालिकाको सभापतिमा युवराज राजभण्डारी सर्वसम्मत चयन हुनुभएको छ।

शुक्रबार सम्पन्न नगर अधिवेशनले राजभण्डारीलाई सभापतिमा चयन गरेको हो। राजभण्डारी लामो समयदेखि सुनचाँदी व्यवसायमा सक्रिय हुनुहुन्छ।

उहाँ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य, बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा निर्माण व्यवसायी संघ बागलुङका पूर्वअध्यक्षसमेत हुनुहुन्छ।

यसैगरी, जैमिनी नगरपालिकाको सभापतिमा वैकुण्ठ आचार्य, काठेखोला गाउँपालिकाको सभापतिमा प्रेम थापा र बरेङ गाउँपालिकाको सभापतिमा पूर्णप्रसाद न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ।

नेपाली कांग्रेसले १५औँ नियमित महाधिवेशनअन्तर्गत पालिका, क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनमार्फत पार्टीको नेतृत्व चयन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung