१२ भाद्र २०८३, शुक्रबार

 

राहत र उद्दारका लागि ताराखोलाको दुई लाख सहयोग

बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाले बाढी प्रभावित जिल्लाहा रहत र उद्दारका लागि दुई लाख सहयोग पठाउने भएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाका नागरिकको राहत तथा उद्दारका लागि ताराखोला गाउँपालिकाले दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष धन बहादुर वि.कले जानकारी दिनुभयो ।

बुधबार ताराखोला गाउँपालिका कार्यपालिका बैठकमार्फत भोटेकोशी नदीमा आएको बाढीबाट नुवाकोट र रसुवा जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल सहयोग पठाउने निर्णय गरेको हो ।

विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत तथा उद्दार कार्यमा सहयोग पु-याउने उद्देश्यले रसुवा र नुवाकोट जिल्लाको सम्बन्धित विपद् व्यवस्थापन कोषमा प्रति जिल्ला रु. १ लाखका दरले कुल रु. २ लाख नगद राहत रकम जम्मा गर्ने निर्णय गरेको उक्त रकम जिल्ला प्रशासन कार्यालय बागलुङमार्फत पठाइने छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung