७ जेष्ठ २०८१, सोमबार

 

मल्मका महिलालाई दुई दिने उद्घोषण कला तालिम

गलकोट । बागलुङको गलकोट नगरपालिका–७ मल्मले दुई दिने उद्घोषण कला तथा नेतृत्व विकास तालिम प्रदान गरेको छ ।

नगर उपप्रमुख महिला लक्षित विकास कार्यक्रम अन्तर्गत मल्मका ५५ जना महिलाहरुलाई दुई दिने उद्घोषण कला तथा नेतृत्व विकास तालिम प्रदान गरिएको वडा अध्यक्ष राज बहादुर थापाले बताउनुभयो ।

समाजमा रहेका महिलाहरुलाई सामाजिक भावना जगाउदै घरमै सिमित रहेका महिललाई बाहिर ल्याउदै महिलाहरुलाई सक्षम बनाउन थालिएको उहाँको भनाई छ ।

उहाँले उद्घोषण कला तथा नेतृत्व विकास तालिमले महिलाहरुको अन्तरनिहित क्षमतालई बाहिर ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

तालिमको उद्घाटन जिल्ला समन्वय समिति सदस्य धन कुमराी खत्रीबाट गरिएको थियो । यस्तै तालिमको समापन गलकोट नगरपालिकाका उपप्रमुख फमलाल न्युरेले गर्नुभएको थियो ।

तालिम समापन गर्दै न्यूरेले महिलाहरुलाई सामाजिक र राजनीतिक क्षेत्रमा समेत अगाढी बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले गलकोट भरका महिलाहरुलाई वार्षिक रुपमा यस्ता कार्यक्रम गरिदै जाने बताउनुभयो ।

तालिमको प्रमुख प्रशिक्षकका रुपमा पत्रकार सुष्मा पौडेलले सहजिकरण गर्नुभएको थियो । उहाँले उद्घोषण कला, नेतृत्व विकास सहित महिलाहरुलाई उत्प्रेरणा जगाउनुभएको थियो ।

यस्तै तालिममा पत्रकार थम्मन थापा सन्देशले उद्घोष कलाका विषयमा सहजिकरण गर्नुभएको थियो । तालिम मल्मका वडा अध्यक्ष राज थापाको अध्यक्षता, वडा सदस्या यानु विकको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा ५५ जना दलित, अपाङ्गता र पछाडी परेका महिला सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्