काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ ९आईक्यान०ले कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ।
बिहीबार आईक्यानको राष्ट्रिय सम्मेलन उद्घाटन अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ढकाललाई अभिनन्दनपत्रसहित सम्मान गरेका हुन्।
अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा दिएको योगदानको कदरस्वरुप अभिनन्दन गरिएको संघले बताएको छ।
‘आफ्नो जन्म र प्रारम्भिक शिक्षा पश्चिम नेपालको विकट ग्रामिण समाजबाट प्रारम्भ गर्नुभई मुलुककै अर्थ, व्यापार, उद्योग, बैंकिङ, विप्रेषण, पर्यटन, जलविद्युत्, बिमा तथा समाज सेवा क्षेत्रमा सफल साम्राज्य खडा गर्न सफल हुनुभएको छ।
मलुकको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी एवम् अनेकौ क्षेत्रको संरचना निर्माण, उत्थान र सञ्चालनमा यहाँको लगन, समर्पण, योग्यता र क्षमताको सम्मान स्वरुप यहाँलाई यो सम्मान प्रदान गरिएको हो’, अभिनन्दन–पत्रमा लेखिएको छ।
अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मानित हुन पाउँदा गर्वानुभूति भएको र यसले भविष्यमा थप जिम्मेवार हुन प्रेरित गर्ने बताए।