७ जेष्ठ २०८१, सोमबार

 

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो ।

बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।

यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्