७ जेष्ठ २०८१, सोमबार

 

बढुवा हुने लक्ष्यसहित बागलुङ युनिटी क्लब र संयुक्त चार युवा क्लब मैदानमा उत्रदै

बागलुङ । मोसफलको स्तरिय फुटबल जिल्ला लिगमा बढुवा हुने लक्ष्यसहित बागलुङ युनिटी क्लब र संयुक्त चार युवा क्लब रामरेखास्थित बाङे्चौरको फुटबल मैदानमा उत्रदै छन् ।

सेमीफाइनल खेलमा प्रतिद्वन्द्वीलाई पछि पार्दै युनिटी र संयुक्त चारले फाइनलको यात्रा तय गरेका हुन् । बिहिबार सम्पन्न सेमीफाइनल खेलमा बागलुङ युनिटीले अमर आदर्श क्लबलाई २–३ गोल र ट्राइबेकरमा संयुक्तले तमान युवा क्लबलाई १–३ गोलले पराजित गरेको हो ।

युनिटीको जितमा निश्चल महत, सन्दिप भण्डारी र जेनिश थापाले एक र एक गोल गरे । गोल खाएपछि दबाबमा परेको अमर आदर्शका अभिषेक केसीले २१ र विनायक खत्रीले ३४ औँ मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।

तर त्यो लामो समय टिक्न सकेन् । खेलको इन्जुरी समयमा जेनिश थापाले गोल गर्दै युनिटीको जित पक्का गरे । दोस्रो सेमीफाइनल खेलमा संयुक्त चार युवा क्लबले तमानलाई ट्राइबेकरमा निराश बनायो ।

१–० गोलको अग्रता जोगाउन नसक्दा तमान फाइलमा पुग्नबाट चुक्यो । खेलको ५७ औँ मिनेटमा गोल गर्दै तमानका अजय पुन मगरले टिमलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम समयमा तमानका खेलाडिले डिबक्समा ह्याण्ड गर्दा संयुक्तले पेनाल्टीको अवसर पायो ।

पेनाल्टीमा संयुक्तका रोहन खड्काले सहज गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा संयुक्तका रोहन जिसी, अंकित क्षेत्री र रोहन खड्काले गोल गर्दा तमानका मिथुन घर्ति मगरले मात्र सान्त्वना गोल गरे ।

शुक्रबार दिउँसो १ बजे हुने फाइनल खेलको विजेता टोली जिल्ला लिगमा बढुवा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्