चिनियाँ राष्ट्रपति सी जिन्पिङ र अन्य शीर्ष नेताहरूलाई आफ्नै देशमा उत्पादित कोभिड खोपहरू दिइएको बेइजिङले जनाएको छ।
खोप लगाउने दर, र विशेषगरी अतिरिक्त मात्रा लिनेको सङ्ख्या बढाउने अभियान अन्तर्गत उक्त खबर सार्वजनिक गरिएको बताइएको छ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगका सहायक प्रमुख जेङ्ग यीसिनका अनुसार यसले आफ्नो देशमा उत्पादित खोपमा चिनियाँ नेतृत्वको आत्मविश्वास प्रदर्शन गरेको छ।
ती नेताहरूका स्वास्थ्य सम्बन्धी जानकारीहरू प्राय: सार्वजनिक गरिँदैन।
“विश्वास”
जेङ्गले देशका सबै नेताहरूले “स्वदेशमै उत्पादित कोभिड-१९ का खोप” लगाएको जनाएका छन्।उनले थपे, “यसले उनीहरू महामारी रोकथाम र नियन्त्रणमा उच्च महत्त्व दिएको र स्वदेशमा उत्पादित खोपलाई निकै विश्वास गरेको पूर्ण रूपमा दर्शाउँछ।”
चिनियाँ राष्ट्रपति के भन्छन् ?
कैयौँ अन्य देशका तुलनामा चीनमा कम सङ्ख्यामा मानिसहरूको कोभिडबाट मृत्यु भएको विवरण छ।तर पनि चीनले लिएको नीतिले मानिसहरू र व्यवसायमा धेरै प्रतिबन्ध देखिएको भन्दै त्यसबारे बढ्दो असन्तुष्टि पाइन्छ।
यूकेसँग तुलना गर्दा त्यहाँ २३,०८८,०७४ जना सङ्क्रमित र १,८१,३९८ जनाको मृत्यु भएको विवरण छ।नेपालमा हालसम्म ९,८३,३१९ सङ्क्रमित पुष्टि भएकामा ११,९५४ जनाले ज्यान गुमाएका छन्।
चीनको खोप कार्यक्रम
गत एप्रिल महिनामा साङ्घाइमा कोभिडको प्रकोप देखिँदा उक्त शहरमा दुई महिनाभन्दा बढी समय लकडाउन लगाइएको थियो।त्यसबेला कम खोप दरलाई लिएर चासोहरू व्यक्त गरिएका थिए।
अधिकारीहरूका अनुसार ६० वर्ष उमेर माथिका ३८ प्रतिशतले मात्र त्यहाँ बूस्टर अर्थात् अतिरिक्त मात्रा खोप लगाएका थिए।८० वर्ष माथिको उमेर समूहमा दुई मात्रा खोप लिने मानिसहरू १५ प्रतिशत मात्र थिए।पछिल्लो तथ्याङ्कले देशभरि ९० प्रतिशत मानिसहरूले दुईवटा मात्रा खोप लिएको देखाएको छ।
बीबीसीनेपालीबाट













































































































































































































