३ श्रावण २०८३, आईतवार

 

स्थानीय तहलाई गाडीको विवरण पठाउन सरकारको पत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय सरकारलाई उनीहरूसँग भएको चारपांगे्र गाडीको विस्तृत विवरण उपलब्ध गराउन परिपत्र जारी गरेको छ ।

मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समितिमार्फत सबै स्थानीय सरकारलाई पत्राचार गरेको हो । केही समयअगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस विषयमा चासो व्यक्त गरेको थियो ।

मन्त्रालयको परिपत्रमा भनिएको छ, ‘प्रधानमन्त्री कार्यालयबाट विभिन्न निकायमा रहेका चारपांग्रे सवारी साधनहरूको माग भई आएकाले त्यहाँ सवारीसाधन प्रयोग गर्ने पदाधिकारीहरूको नाम, पद, गाडीको किसिम र सवारी साधनको नम्बर यथाशीघ्र प्रेषित गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung