१ जेष्ठ २०८२, बिहीबार

 

अब भाइबरबाट पनि पैसा ट्रान्सफर गर्न सकिने

नेपालको पहिलो मोबाइल वालेट इ–सेवा र म्यासेजिङ एप राकुटेन भाइबरबीच भुक्तानी सेवाको लागि सम्झौता भएको छ। यो सम्झौतासँगै अब भाइबर एकाउन्टबाट पनि पैसा ट्रान्सफर गर्न सकिने भएको छ।

इ–सेवा अकाउन्ट भएका ग्राहकले भाइबर अकाउन्ट लिंक गरेर पैसा पठाउन वा टपअप गर्न सकिनेछ।

बुधबार म्यासेजिङ एप भाइबर र मोबाइल वालेट इसेवाले इ–सेवा भएको अकाउन्ट एक पटक भाइबरमा लिंक गरेपछि कसैलाई पैसा पठाउन वा मोबाइल रिचार्ज गर्न सकिने इ–सेवाका रोशन लामिछानेले बताए ।

भइबरका तर्फबाट ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले एसिया प्यासेफिक रिजनमा इसेवासँग पहिलो सम्झौता भएको बताइन । उनले नेपालमा इसेवासँग सहकार्य गरेर यो सेवा दिन सकिएकोमा उत्साहित भएको बताइन् । साथै, एप्पल र गुगलपछि फाइनान्सियल ट्रान्जेक्सनको तेस्रो सम्झौता भएको बताइयो।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung