३० बैशाख २०८२, मंगलवार

 

बालुवाटारमा ओली पक्षको बैठक शुरु, रायमाझीको स्वागत मन्तब्य

प्रधानमन्त्री केपी ओली समूहले बोलाएको केन्दीय समिति बैठक अहिले बालुवाटारमा शुरु भएको छ । बैठकमा नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले स्वागत मन्तब्य दिएका छन् । उनी प्रचण्ड समूहलाई छाडेर ओली तिर लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार पार्टी महासचिव विष्णुप्रसाद पौडेलले संचालन गरेको बैठकमा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले स्वागत मन्तव्य छन् ।

उक्त बैठकको पूर्व माओवादी समूहका स्थायी सदस्य मणि थापाको सहभागीता रहेको छ ।

ती नेताका अनुसार आजको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै नेताहरुलाई कारबाही गरी नयाँ सदस्य थप्ने छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung