७ जेष्ठ २०८१, सोमबार

 

जो एकपटक देखेको अपराधी कहिल्यै भुल्दैनन्

बेलायतको बर्मिङ्घमका प्रहरी एन्डी पोपले सम्झिएरै २ हजार अपराधी पहिचान गर्न सफल भएका छन् । वेस्ट मिडल्यान्डका ती प्रहरीले मास्क लगाएका अपराधी पनि पहिचान गर्न सक्ने बीबीसीले जनाएको छ ।

सन् २०१८ सम्ममा उनले एक हजार अपराधीलाई पहिचान गरेका थिए । उनले यति धेरै अपराधीलाई पहिचान गर्नुको मुख्य कारण नै उनको अद्भुत स्मरणशक्ति हो ।

हालसम्म २ हजार अपराधीलाई पहिचान गरिसकेका उनको लक्ष्य सन् २०२२ सम्ममा यस संख्या २५ सय पु¥याउनु रहेको छ । एकपटक अपराधीको तस्बिर हेरिसकेपछि उनले कहिल्यै नभुल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्