
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड– नेपाल पक्षको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने नेता योगेश भट्टराईले जानकारी दिए ।
बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने उनले बताए । नेकपाले हिजो देशव्यापी प्रदर्शनसँगै पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेको छ।
स्थायी कमिटी बैठकले तय गर्ने आन्दोलनका कार्यक्रम आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने नेता भट्टराईले जानकारी बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाकै प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा उत्रिएका छन्।
आजै स्थायी कमिटी बैठक अघि पेरिसडाँडामै अखिल नेपाल महिला संघको वृहत भेला आयोजना गरिएको छ। भेलालाई पार्टीका शीर्ष नेताले सम्बोधन गर्दै छन् ।