३० बैशाख २०८२, मंगलवार

 

प्रचण्ड भोलि भारत जाँदै

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारत जाने भएका छन् ।

आइतबार पेरिसडाँडामा बसेको यो समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू सोमबार मुम्बई जान लागेको जानकारी गराएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung