१ जेष्ठ २०८२, बिहीबार

 

७ घण्टा बैठक बसेर सकियो राष्ट्रिय सभाको हिउँदे अधिवेशन

फाइल तस्बिर

पुस १७ गतेबाट शुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन सकिएको छ । जम्मा ७ घण्टा बैठक बसेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको हो ।

१० दिनको अवधिमा ७ घण्टा ५ मिनेट बैठक बसेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए । आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिस अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गर्न आजै पत्र पठाएकी थिइन् । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी ओलीको सम्बोधनपछि अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए । पत्रमा आइतबार राति १२ बजेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य हुने उल्लेख छ ।

यस अवधिमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु पेस भएका छन् ।

जसमा संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनसम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung