७ जेष्ठ २०८१, सोमबार

 

११ एसपीको एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका उपरीक्षकहरुलाई( एसपी )को प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी )मा बढुवा गर्न बढुवा समितिले सिफारिस गरेको छ । बुधबार बसेको बैठकले ११ उपरीक्षक (एसपी )को वरिष्ठ उपरीक्षक (एसएसपी )मा बढृुवाको सिफारिस गरेको छ ।

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले जारी गरेको विज्ञप्ति अनुसार एक नम्बरमा लागू औषध नियन्त्रण व्यूरो, काठमाडौंमा कार्यरत कृष्णकुमार महत सिफारिस भएका छन् ।

त्यस्तै दोस्रोदेखि ११ औंसम्म क्रमसः गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेलको एसएसपीमा बढुवा गर्न सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्