४ जेष्ठ २०८१, शुक्रबार

 

अग्रवालको नेतृत्वमा महासंघको कर तथा राजस्व समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सन्दीपकुमार अग्रवालको सभापतित्वमा गठित कर तथा राजस्व समिति विस्तार भएको छ ।

समितिका सदस्यहरूमा गोविन्द ढुंगेल, पूर्वकार्यकारिणी समिति सदस्य कृष्णप्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ चुनिएका छन् ।

त्यसैगरी समितिका सदस्यहरूमा फ्रेट फरवार्डर एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहाल चुनिएका छन् ।

समितिका आमन्त्रित सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनीषलाल प्रधान, व्यापार समितिका सभापति विजयसिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैंक, वित्तीय तथा बिमा समितिका सभापति साहिल अग्रवाल चुनिएका छन् ।

स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाशसिंह कार्की, कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, हरि भण्डारी, नेपाल समुद्रपार निकासी पैठारी संघका विनोद सेठिया, नरेन्द्र गुप्ता, नेपाल–भारत उद्योग वाणिज्य संघका सदस्य अभिमन्यु पोद्दार, नेपाल लिभर लिमिटेडका कार्यकारी अधिकृत विकास अग्रवाल, गान्धी एन्ड एसोसिएट्सका म्यानेजिङ एसोसिएट्स शिखर पण्डित र इम्पेरियल सेक्युरिटिज कम्पनी प्रालिका प्रकाश तिवारी चुनिएका छन् ।

त्यस्तै एसआर पाण्डे एन्ड कम्पनीका एफसीए सुदर्शनराज पाण्डे, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मनसुरी, भन्सार एजेन्ट महासंघका अध्यक्ष शान्ताराज शर्मा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, मेची उद्योग वाणिज्य संघका कपिल क्षेत्री र नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र शेरचन समितिका विशेष आमन्त्रित सदस्य छन् भने समितिका सल्लाहकारमा महासंघ कार्यकारिणी समितिका पूर्वसदस्य शैलेन्द्र गुरागाई, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेश श्रेष्ठ, एसोसिएसन अफ चार्टड एकाउन्ट्स अफ नेपालका अध्यक्ष आनन्दराज शर्मा वाग्ले, महासंघका कानुनी सल्लाहकार दीपक घिमिरे, अधिवक्ता रमेशकुमार कर्ण, महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य सुनीलगोपाल श्रेष्ठ छन् ।

महासंघ अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गर्दै उद्यमी–व्यवसायीका समस्या पहिचान गरी निराकरणमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यकालको सफलतासँग समेत जोडिएकाले सोहीअनुसार कार्य गर्नेमा आफू विश्वस्त रहेको जनाउँदै महासंघ सचिवालयमा कर राजस्वसम्बन्धी समस्या एवं गुनासो सम्बोधन गर्न एउटा एकाइ स्थापना गर्ने योजना रहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्