६ जेष्ठ २०८१, आईतवार

 

कृषि विकास बैंकको ६ महिनामा १ अर्ब बढी मुनाफा

कृषि विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३२ करोड १६ लाख ८८ हजार मुनाफा कमाएको छ ।

यो नाफा गत वर्षको यसै अवधिसम्म १ अर्ब ५८ करोड १७ लाख २७ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा १६ दशमलव ४४ प्रतिशतले घटेको हो । नाफा घटेको बैंकको वितरण योग्य नाफा भने ८० करोड ९५ लाख ८८ हजार रहेको छ ।

यस वर्ष सञ्चालन नाफा ११ दशमलव ४५ प्रतिशतले कम भएको छ । गत वर्ष २ अर्ब १३ करोड ९९ लाख ३८ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ८९ करोड ४७ लाख ५१ हजार मात्र यो नाफा गरेको हो । चुक्तापूँजी ९ दशमलव ५६ प्रतिशतले बढेर १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार पुगेको छ । बैंकको जगेडा कोष रकम भने गतवर्षभन्दा १० दशमलव ९५ प्रतिशत कम ९ अर्ब ९८ करोड १३ लाख ६६ हजार कायम भएको छ ।

गत वर्षभन्दा शुन्य दशमलव ३९ प्रतिशत बढी १ खर्ब ४४ अर्ब १९ करोड ५३ लाख ११ हजार निक्षेप संकलन गरेको बैंकले ८ दशमलव ७३ प्रतिशत बढी १ खर्ब ३२ अर्ब ४८ करोड ५१ लाख ४५ हजार कर्जा प्रवाह गरेको छ ।

गत वर्ष ३ दशमलव ९१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर यस वर्ष ३ दशमलव १४ प्रतिशतमा झरेको छ । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २१ दशमलव शून्य ९ र प्रतिशेयर नेटवर्थ २१८ दशमलव ८८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्