६ जेष्ठ २०८१, आईतवार

 

६ वाणिज्य बैंकले कमाए ३१ अर्ब नाफा, कुन बैंकको कति ?

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा बाणिज्य बैंकहरुको औषत नाफा ३.५३ प्रतिशतले घटेको छ । बैंकहरुले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।

हाल नेपालमा २७ बाणिज्य बैंक सञ्चालनमा रहेका छन् । उनीहरुले दोस्रो त्रैमाससम्ममा ३१ अर्ब ७ करोड ३२ लाख ३२ हजार खुद नाफा कमाएका छन् ।जुन गत आवको भन्दा १ अर्ब १३ करोेड ८४ लाखले कम हो । गत आवको सोही अवधीमा बाणिज्य बैंकहरुले ३२ अर्ब २१ करोड १६ लाख ३६ हजार खुद नाफा कमाएका थिए ।

बिशेषगरि कोरोना कहरको प्रभावका कारण बैंकहरुको औषत नाफा घटेको हो । कोरोना कहरका कारण गत आवको चौथो त्रैमासदेखि नै बैंकहरुको नाफा घट्दै आएको छ । तर, घट्ने दर भने कम हुदैं गएको छ ।

राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीहरुको साँवा तथा व्याज भुतानी गर्ने अवधी बढाइदिएको छ ।

फलस्वरुप बैंकहरुको मुख्य आम्दानीको स्रोत व्याज आम्दानी नै पुर्ण रुपमा हुन सकेको छैन । यस्तै, कोरोना कहरका कारण बैंकहरुले व्यवसायीक गतिविधि पनि राम्रोसँग गर्न सकेका छैनन् भने आर्थिक क्रियाकलाप त्यति भएका छैनन् । त्यसका कारण पनि बैंकहरुको आम्दानी घट्दा नाफा घटेको हो । त्यसमाथि अहिले बैंकहरुले ठुलो मात्रामा लोनलस प्रोभिजनीङ गर्न परेको छ । त्यसको कारणले पनि नाफा घटेको बैंकरहरु बताउछन् ।

समिक्षा अवधीमा १० बैंकको मात्र नाफा बढेको छ भने १७ बैंकको नाफा घटेको छ । ग्लोबल आईएमई बैंकको ३७ प्रतिशत, एनआईसी एशिया बैंकको ३ प्रतिशत, प्राइम कमर्शियलको ३९ प्रतिशत, एनएमबीको ४७ प्रतिशत र प्रभु बैंकको ४० प्रतिशतले नाफा बढेको छ ।

मेगा बैंकको ३७ प्रतिशत, कुमारी बैंकको ५१ प्रतिशत, सनराइज बैंकको १ प्रतिशत, नेपाल बैंगलादेश बैंकको ३६ प्रतिशत र सिटिजन्स इन्टरनेशन बैंकको २७ प्रतिशतले नाफा बढेको सम्बन्धीत बैंकहरुको वित्तिय विवरणले देखाएको छ । यसका अलावा अन्य बैंकहरु नाफा घटेको छ ।
नाफा कमाउने बिषयमा यो पटक ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा रहेको छ । उक्त बैंकले यस अवधीमा रु। २ अर्ब ३१ करोड ५१ लाख खुद नाफा कमाएको छ ।

यस्तै, दोस्रो नम्बरमा रहेको एनआईसी एसिया बैंकले २ अर्ब ६ करोड नाफा कमाएको छ । नविल बैंकले २ अर्ब १ करोड नाफा कमाएर आफुलाई तेस्रो नम्बरमा कायम गरेको छ । यसका अलावा थप १० बैंकले १ अर्ब भन्दा माथि नाफा कमाएका छन् । अन्य बैंकको नाफा भने १ अर्ब भन्दा तल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्