६ जेष्ठ २०८१, आईतवार

 

सिवाईसी सहकारीको १४ औ सदस्य सेवा केन्द्र गलकोटको काँडेबासमा

धौलागिरीका जनतालाई वित्तिय सेवा दिने उदेश्यले सेवा केन्द्र विस्तार अभियान तिव्र बनाएको बागलुङको सिवाइसी बचत तथा ऋण सहकारीले जिल्लाको गलकोट नगरपालिका ८ काडेवासमा शाखा विस्तार गरेको छ ।

गाउँ गाउँमा बित्तिय सेवा दिने उदेश्यले गलकोट नगरपालिका ८ काडेबासमा १४ औ सेवा केन्द्र स्थापना गरेको हो ।सरकारले छरिएर रहेका सहकारी संस्थालाई एकीकृत गरेर ठुलो मजबुत सहकारी बनाउन निर्देशन दिएपछि धौलागिरि अंचल भित्रका ३० वटा सहकारी संस्था बिच एकीकरण गरेर अगाडि बढेको सहकारीले आफ्नो १४ औ सेवा केन्द्रको स्थापना गरि सेवा सुभारम्भ गरेको छ ।

सेवा केन्द्रको उद्घाटन गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सरकारले ल्याएको सहकारी एकीकृत गर्ने अभियान लाई आत्मासाथ गरेर सिवाईसी सहकारीले सकारात्मक काम गरेको बताए ।

छरिएर रहेका पूँजीलाई एकीकृत गरेर ठूलो सेयर रकम बनाउदै सहकारीका सदस्यको अवस्थामा परिवर्तन गर्न भूमिका खेल्न यसले मद्दत गर्ने नगर प्रमुख गैरेले बताए ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामप्रसाद कडेल, सिवाईसी साकोसका उपाध्यक्ष गण्डकी थापा अधिकारी ,संचालक समितिका सदस्य हर्क पाण्डे,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एवं सिवाईसी साकोस सञ्चार उपसमितिका

सदस्य राजेशचन्द्र राजभण्डारी, गलकोट सेवा केन्द्रका सचिव खिम बहादुर साहनी,काँडेवास सदस्य सेवा केन्द्र ब्यवस्थापन समितिका संयोजक पबित्रा बुढाथोकी समाजसेवी आत्माराम शर्मा र सिवाइसी सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले सिवाईसीले ग्रामीण क्षेत्रमा वित्तिय पहुँच विस्तार गरी छरिएर सहेको पूँजी चलायमान गराएको धारणा राखेका थिए ।

सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य नमकुमारी सापकोटा चालिसे र संचालन सिवाईसी साकोस काँडेबाँस सदस्य सेवा केन्द्रका सचिव शुशिला गौतम चालिसेले गर्नु भएको थियो ।

नेपालमै सवैभन्दा वढी ३० वटा सहकारी संस्था बिच एकीकरण गरी पुरस्कृत भएको सहकारीमा हालसम्म १३ हजार ३ सय शेयर सदस्य , २३ करोड ५४ लाख ३४हजार शेयर पुँजी रहेको छ ।

कुल बचत १ अरब ३० करोड रहेको सहकारीले ९९ करोड रूपैयाँ ऋण प्रवाह गरेको छ । सरकारले छरिएर रहेका सहकारी संघसंस्थालाई एकीकृत गरी मजबुत सहकारी संस्था बनाउन दिएको निर्देशनको पालना गर्दै सहकारी मर्ज गर्दै गाउँ गाउँमा सहकारीका सेवा केन्द्र खोल्ने क्रम बढेर गएको छ ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बागलुङका सवै स्थानीय निकायका साथै पर्वत र म्याग्दीमा समेत यही माघ २१ र २२ गते सेवा केन्द्र उद्घाटन गर्ने तयारी गरेको छ ।

धौलागिरिलाई कार्यक्षेत्र बनाएको सहकारीले अहिलेसम्म १४ वटा सेवा केन्द्र स्थापना गरिसकेको सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्