३ जेष्ठ २०८१, बिहीबार

 

लायन्स क्लब अफ बागलुङ सिटीले विद्यार्थीहरुलाई दियो न्यानो कपडा र शैक्षिक सामग्री

लायन्स क्लब अफ बागलुङ सिटीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको छ । बागलुङ नगरपालिका वडा नं १ मालढुंगाका माझि बस्तीमा रहेका ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष लक्ष्मी धर्ती श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।

हामीले माझि बस्तीमा रहेका आर्थिक कारणले पछि परेका विद्यार्थीहरुलाई हाम्रो क्लबको तर्फबाट सानो सहयोग उपलब्ध गराएको हो र भविष्यमा पनि हाम्रो सहयोग यो वस्तीमा ल्याउने छौं श्रेष्ठले भनिन् ।

कार्याक्रममा रिजन चियर पर्सन पार्वती अधिकारी,एओजि दुर्गा कुँवर र लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष लक्ष्मी धर्ती श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्षता लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष लक्ष्मी धर्ती श्रेष्ठ,स्वागत तृतीय उपाध्यक्ष धना सुनारले र संचालन कार्याक्रम संयोजक शकुन्तला थापाले गरेकी थिइन् ।विद्यार्थीहरुलाई ५० हजार बराबराको कापी,कलम,झोला र न्यानो कपडा वितरण गरिएको थिए ।

प्रतिक्रिया दिनुहोस्