४ जेष्ठ २०८१, शुक्रबार

 

उद्योग वाणिज्य महासंघमा आठ पूर्वअध्यक्षलाई जिम्मेवारी तोकियो

नेपाल उद्योग वाणिज्य महासंघले आठ जना पूर्वअध्यक्षहरूलाई विभिन्न जिम्मेवारी दिएको छ । यसअघि निष्क्रिय रहेका पदलाई सक्रिय बनाउँदै महासंघ नेतृत्वले पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिएको हो ।

महासंघका निवर्तमान अध्यक्ष भवानी राणलाई सदस्यता समिति र नेपाल–भारत जोएन्ट बिजनेस फोरमको जिम्मेवारी दिइएको छ । त्यसैगरी, महेशलाल प्रदानलाई सल्लाहकार समिति दिइएको छ । पद्मज्योतिलाई व्यावसायिक आचार संहिता फोरमको जिम्मेवारी दिइएको छ ।

प्रदीपकुमार श्रेष्ठलाई कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सीएसीसीआई) को जिम्मेवारी दिइएको छ ।

पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई अनुशासन समिति, विनोदबहादुर श्रेष्ठलाई नेपाल–चीन गैरसरकारी सहयोग फोरम, पूर्वअध्यक्ष कुशकुमार जोशीलाई विधान संशोधन समिति, सुुरज वैद्यलाई अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी तोकिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्