७ जेष्ठ २०८१, सोमबार

 

भोलि राति सेनाको बख्तरबन्द गाडीले चक्रपथ चक्कर लगाउने

नेपाली सेनाले बख्तरबन्द गाडीहरु निकाल्ने भएको छ । सेनाका ती गाडीहरु माघ १९ गतेको राति निकालिनेछन् ।

बख्तरबन्द गाडीहरुले काठमाडौंको चक्रपथमा माघ १९ गनेको राति चक्कर लगाउने योजना बनाएको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले गाडीहरुले माघ १९ को राति चक्रपथको चक्कर लगाउने जानकारी गराए ।

सेनाको बख्तरबन्द माघ १९ मा काठमाडौंमा र २१ गते देशका विभिन्न स्थानहरुमा निकालिनेछन् । प्रमुख शहरहरुमा बख्तरबन्द निकालिएका छन् । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ । यसलाई सेनाले नियमित अभ्यास भनेको छ ।

देशमा राजनीतिक संकट गहिरिदै जाँदा सेनाको पछिल्लो सक्रियता र बख्तरबन्द सहितको रातमा समेतको अभ्यासलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्