६ जेष्ठ २०८१, आईतवार

 

सस्तियो तरकारीको मोल, कुन तरकारीको मूल्य कति ?

कोरोनाले थलिएको जनजीवन सामान्य बन्दै र सम्पूर्ण सेवासुविधाका मार्गहरू पूर्ण रूपमा खुलेको हुनाले आजभोलि तरकारीको मूल्य सस्तिँदै गएको छ । भारत र चीनबाट पनि खाद्यान्न तथा तरकारीहरू भित्रिनुको कारण र तरकारी उत्पादनका लागि उपयुक्त सिजन भएकाले पनि मूल्य सस्तिँदै गएको हाे ।

अकासिएको प्याज, आलु, टमाटर तथा अन्यको मूल्यमा धेरै नै कमी आएको छ । प्याज प्रतिकेजी ७०–८० रुपैयाँ र आलु ८०–९० रुपैयाँ धार्नीमा आएको छ । तर, अन्य खाद्यपदार्थ जस्तै चामल, तेलहरूको मूल्य भने तीव्र रूपले अधिक बढेको छ । देशको राजनीतिक अस्थिरता र यसरी खाद्यान्नको मूल्यमा भएको उतारचढावका कारण सर्वसाधारणमा परेको असर परेको छ ।

कति छ तरकारीको मूल्य

सार्वजनिक मूल्य सूचीअनुसार आज कालो अंगुरको प्रतिकेजी मूल्य २५५ रुपैयाँ, हरियो अंगुर १४० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, तराई काउली २७.५० रुपैयाँ तोकिएको छ ।

यसैगरी स्थानिय काउली ३७.५० रुपैयाँ, ज्यापु काउली ४५ रुपैयाँ, सेतो आलु १९ रुपैयाँ तथा रातो र भारतीय रातो आलुको मूल्य २७.५० रुपैयाँ तोकिएको छ ।

यस्तै गोलभेडा सानो (भारतीय), सानो गोलभेडा (तराई) र टनेल गोलभेडा प्रतिकेजी २२.५० रुपैयाँ, सानो गोलभेडा १७.५० रुपैयाँ, ठूलो गोलभेडा ४७.५० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, गान्टे मुला प्रतिकेजी मूल्य ७५ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्