
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले पक्राउ भएपछि धैर्य गर्न आग्रह गरेकी छन् । समाजिक सञ्जालमार्फत उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
‘अपराध अनुसन्धान मीनभवनमा छु’ झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाईं हो । आफ्नो ठाउँमा डटौं ।’
उनलाई प्रहरीले मुलुकी अपराध संहिता २०७२ को दफा ५८ सम्बन्धी विषयमा अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर बिहीबार प्रहरीले झाँक्रीलाई निवासबाटै पक्राउ गरेको हो ।
पक्राउको विरोध गर्दै नेकपा सम्वद अखिलले आज दिउँसो ४ बजे विरोधसभाको आयोजना गरेको छ । झाँक्रीको रिहाइको माग गर्दै विरोध गर्न लागेको अखिल नेता आरती लामाले जानकारी दिइन् ।