७ जेष्ठ २०८१, सोमबार

 

प्रचण्डको सुरक्षामा खटिएका ५५ जना सुरक्षाकर्मी फिर्ता

पूर्व प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको संख्यामा भारी कटौत गरिएको छ । सरकारले प्रचण्डको सुरक्षाबाट ३१ जना सशस्त्र प्रहरी र २४ जना नेपाल प्रहरी फिर्ता लगिएका छन्।

भिआइपी तथा भिभिआइपीको सुरक्षा व्यवस्थापन सम्बन्धी नयाँ कार्यविधिअनुसार प्रचण्डलाई अब दुई जना नेपाल प्रहरी र १६ जना शसस्त्र प्रहरीले सुरक्षा दिनेछन् ।

यसअघि प्रचण्डले ४७ जना शसस्त्र प्रहरीलाई आफूसँग राख्दै आएका थिए। शसस्त्र प्रहरी मुख्यालयले प्रचण्डको सुरक्षामा खटाइएका मापदण्ड विपरीत सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको जनाएको छ । हाल इन्सपेक्टरको कमाण्डमा सशस्त्रको टोलीले प्रचण्डलाई सुरक्षा दिइरहेको छ।

प्रचण्डले प्रधानमन्त्रीले जसरी नै नेपाल प्रहरीका नायब उपरीक्षक–डीएसपीलाई अङ्गरक्षक (पीएसओ) राख्दै आएका थिए । उनले तत्कालीन प्रहरी निरीक्षक दानबहादुर मल्ललाई पीएसओको रुपमा राखेका थिए।

आफूसँगै रहेका बेला मल्ल डीएसपीमा बढुवा भएपछि प्रचण्डले उनैलाई निरन्तरता दिएका थिए । मल्लको सरुवा भएपछि त्यस ठाउँमा प्रचण्डले डीएसपीलाई नै राखेका थिए । प्रचण्डसँग पछिल्लो समय रहेका डीएसपी विनोद शर्मालाई फिर्ता बोलाइसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हाल प्रचण्डसँग दुई जना प्रहरी नायव निरीक्षक (सई) पीएसओका रुपमा छन्।

प्रतिक्रिया दिनुहोस्