२९ बैशाख २०८२, सोमबार

 

मुख्यमन्त्री शाहीले प्रमुख स्वकीय सचिवसहित ३ जना हटाए

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो निजी सचिवालयमा हेरफेर गरेका छन् । बुधबार मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह र स्वकीय सचिव सुमन शाहीले सचिवालयबाट बिदा लिएपछि मुख्यमन्त्री शाहीले नयाँ पदाधिकारीहरूको नियुक्ति गरेका छन् ।

जनसम्पर्क सल्लाहकार विष्णुबहादुर विक (विकल्प जुम्ली), प्रमुख स्वकीय सचीव कृष्णप्रसाद आचार्य, स्वकीय सचिव पदमा रवीन्द्रबहादुर शाही नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

यसअघि कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पदबाट राजीनामा दिएका थिए । २८ चैत, २०७४ मा नियुक्त भएका मुख्य न्यायाधिवक्ता मानन्धरले व्यक्तिगत कारण देखाउँदै आइतबार पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung