३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहको अध्यक्षमा राजभण्डारी चयन

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहको अध्यक्षमा विजयालक्ष्मी राजभण्डारी चयन भएकी छन् । शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले कल्पना राजभण्डारीसहित ११ जनालाई कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्ष सोनी श्रेष्ठ, सचिव मन्दिरा श्रेष्ठ, कोषाध्यक्ष केमीकल शाक्य सदस्यहरुमा सरिता प्रधान, मन्जु श्रेष्ठ राजभण्डारी, शैव्या प्रधान, कल्पाना राजभण्डारी, निर्मला वडगामी, सृजना हाडा, अमिता श्रेष्ठ चयन भएका छन् ।

 

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको भातृ संस्थाको रुपमा २०६४ सालमा स्थापना भएको समूहले महिला उथान र शिक्षा, जनस्वास्थ्य एवम् सामाजिकर मानवीय सेवामा काम गर्दै आइरहेको निवर्तमान अध्यक्ष निर्मला श्रेष्ठले जानकारी दिइन् ।

बागलुङबाट काठमाडौंमा बस्दै आएका महिलाहरुले स्थापना गरेको समूहको सस्थापक चमेली शाक्य हुन् । आज भएको अधिवेशनमा  नयाँ विश्व डटकमका अध्यक्ष पुष्पमान श्रेष्ठ, संस्थापक अध्यक्ष चमेली शाक्य, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठ, धौलागिरि बचत तथा ऋण सहकारीका अध्यक्ष युक्तप्रसाद शाक्य, समूहकी पूर्व अध्यक्ष एवम् सल्लाहकार रसुमिला श्रेष्ठ, केन्द्र बागलुङकी अध्यक्ष कुमारी श्रेष्ठलगायतले बोलेका थिए ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र बागलुङको कोषमा रसुमिला श्रेष्ठले २५ हजार, सुनु श्रेष्ठले ५ हजार र विश्व श्रेष्ठले १० हजार जम्मा गरेकी छन् । संस्थाकी अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विजयालक्ष्मी राजभण्डारीको स्वागत र सचिव सोनी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

संस्थाले सार्वजनिक गरेको २०७५–०७६ र ७७ को आय व्ययअनुसार ३ लाख ९५ हजार ४ सय ६४ रुपैयाँ आम्दानी भएको छ भने खर्च ३ लाख ८७ हजार ९५ रुपैयाँ खर्च भएको छ ।

हाल महिला समूहकाे काेषमा ५८ लाख २९ हजार ५ सय १३ रूपैयाँ रहेकाे छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्